पूर्वी नेपाल फेरि किन काँप्यो? बिहानै ताप्लेजुङमा भूकम्पको धक्का

ecopolinews.com

काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । फलैँचा आसपास केन्द्रविन्दु बनाएर बिहान ६ः१३ मिनेट जाँदा ४.६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस भएको स्थानीय बासिन्दाले बताएका छन् । हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

यसअघि पनि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्ला दिनहरूमा हिमाली तथा पहाडी जिल्लामा निरन्तर साना–मझौला भूकम्प गइरहेका छन् ।

नेपाल भूकम्पीय रूपमा अति संवेदनशील हिमालय क्षेत्रभित्र पर्ने भएकाले यस्ता भूकम्पहरू समय–समयमा जाने गरेको भू–वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूले भूकम्पको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, सुरक्षित संरचना र सचेतना अत्यावश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया