२१ फागुन, काठमाडौं । गृह जिल्ला चितवनमा मतदान गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् ।
प्रचण्डले चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुलमा आज बिहान मतदान गरेका हुन् । मतदान सकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने–५ कमलदह पुगेका हुन् ।
रुकुमपूर्वमा प्रतिनिधि सभा सदस्यका लागि प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनका क्रममा आफ्नो निर्वाचन क्षेत्रमै पुगेर चुनावी गतिविधि तथा अवस्थाबारे जानकारी लिन प्रचण्ड रुकुमपूर्व पुगेको बताइएको छ ।
२१ फाल्गुण २०८२, बिहिबार ११:४४ मा प्रकाशित