काठमाडौंको कालोपुलस्थित बज्र स्पोर्ट्स सेन्टरमा यो छुट्टीलाई उपयोगी र अर्थपूर्ण बनाउने विशेष स्विमिङ कक्षा सुरु गरिएको छ। विशेषगरी SEE दिएर बसेका विद्यार्थीहरू र साना बाबुनानीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो तालिमले केवल पौडी सिकाउने मात्र होइन, जीवन रक्षा गर्ने महत्वपूर्ण सीप पनि प्रदान गर्छ।
पौडी केवल खेल होइन-यो आपतकालीन अवस्थामा जीवन जोगाउने अत्यन्त आवश्यक कला हो। आधुनिक जीवनशैलीमा शारीरिक सक्रियता घट्दै गइरहेको अवस्थामा स्विमिङले शरीरलाई स्वस्थ, तन्दुरुस्त र मानसिक रूपमा सशक्त बनाउँछ।
यस तालिम कार्यक्रममा बालबालिका, SEE विद्यार्थी, परिवार तथा समूहलाई लक्षित गरी Beginner देखि Advanced स्तरसम्मको प्रशिक्षण प्रदान गरिन्छ। सुरक्षित, मैत्रीपूर्ण वातावरणमा अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा प्रशिक्षण सञ्चालन हुने भएकाले सिकाइ प्रभावकारी र विश्वासिलो रहनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी प्रशिक्षक बज्र तामाङ, विष्णु खड्का, नविना श्रेष्ठ लगायतको दक्ष टोलीले प्रशिक्षण दिनेछन्। साथै, महिलाका लागि Ladies Coach को सुविधा र Professional Lifeguard हरूको उच्च निगरानीले प्रशिक्षणलाई अझ सुरक्षित बनाएको छ।
विशेष रूपमा यो छुट्टी लक्षित “Vacation Discount” समेत उपलब्ध रहेको छ, जसले सबैलाई सहज रूपमा सहभागिता जनाउने अवसर प्रदान गर्दछ। सीमित सिट भएकाले समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।
स्थान: Bajra Sports Center, कालोपुल
📞 सम्पर्क: 014593402, 9841593878, 9841411273, 9813488893
यो छुट्टी खेर नफाल्नुहोस् - आजै पौडी सिकेर भोलिको सुरक्षा सुनिश्चित गर्नुहोस्!