काठमाडौं, असोज २७ । गुल्मी जिल्लाबाट सम्बन्धित सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरू — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेना, ब्रिटिश सेना, सिंगापुर प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (NID) बाट अवकाशप्राप्त कर्मचारीहरू — लाई एउटै बलियो संगठनमा एकताबद्ध गर्नका लागि भोलि एक महत्वपूर्ण बैठक बस्ने भएको छ।
बैठक आगामी २०७२ असोज २८ गते (मंगलबार) दिउँसो १२:१५ बजे, काठमाडौंको अनुपम फुडल्यान्ड, बत्तीस पुतलीमा आयोजना गरिएको छ।
आयोजक समूहमा SP कबिराज श्रेष्ठ (retd), DSP महेन्द्र मरासिनी (retd), DSP कृष्ण कुवर (retd), INSP शिव कुवर (retd), INSP डासु गिरि (retd) लगायतका पूर्व सुरक्षाकर्मीहरू सक्रिय रूपमा संलग्न छन्।
बैठकमा गुल्मी जिल्लाका सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरूको गरिमामय उपस्थिति रहन आग्रह गरिएको छ।
२७ असोज २०८२, सोमबार ०७:५५ मा प्रकाशित