सानेपामा कांग्रेसभित्र ‘विद्रोह’ ! नेताहरू किन वैकल्पिक गेट खोज्न बाध्य भए ?

ecopolinews.com


काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताले पार्टीका शीर्ष नेताहरूलाई कार्यालय प्रवेशमै अवरोध गरेका छन्।

प्रदर्शनरत कार्यकर्ताले नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै पार्टीलाई ‘केही सीमित नेताको बन्दी’ बनाइएको आरोप लगाएका थिए। उनीहरूले तत्काल विशेष महाधिवेशनको मिति घोषणा गर्न दबाब दिँदै मुख्य प्रवेशद्वारमै धर्ना दिएका कारण केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

सो क्रममा नेता विमलेन्द्र निधिसहित केही नेतासँग प्रदर्शनरत कार्यकर्ताबीच नोकझोंकसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन्। कार्यकर्ताको अवरोधका कारण केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन आएका नेताहरू अन्ततः वैकल्पिक गेट प्रयोग गरेर पार्टी कार्यालय प्रवेश गर्न बाध्य भएका थिए।

पार्टीभित्रको असन्तुष्टि सडकसम्म पुगेपछि कांग्रेस नेतृत्वमाथि विशेष महाधिवेशनको दबाब थप चर्किएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ।

प्रतिक्रिया