काठमाडौँ । हामी नेपालका संयोजक तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङमाथि आक्रमण प्रयास भएको दाबी गरिएको छ। गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म उनलाई पल्सर मोटरसाइकलमा रहेका युवाहरूले लेखेटेका थिए।
बीचमा दुई वटा गाडी पनि मिसिएर पच्छ्याएको दाबी गर्दै उनले सिनामंगलको गल्ली–गल्ली हुँदै नयाँ बानेश्वरसम्म निरन्तर पीछा गरिएको बताए।
‘सिनामंगलको गल्ली–गल्ली पछि पनि खोजिराखेका थिए। बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने भने चिनिनँ। तर मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ गुरुङले भने।
हाल आफू कुन स्थानमा रहेको खुलाउन उनले अस्वीकार गरेका छन्।
१ असोज २०८२, बुधबार ०५:०१ मा प्रकाशित