“राजावादी होइन तर तयार छु”: शंकर भण्डारीको कडा अभिव्यक्ति किन चर्चामा?

ecopolinews.com

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशको परिस्थितिले मागे कुनै पनि हदसम्म योगदान दिन आफू पछाडि नहट्ने संकेत गरेका छन्। ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले राजसंस्थाप्रति निजी झुकाव नभए पनि आवश्यकता परे भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे।

भण्डारीका अनुसार वर्तमान राजनीतिक अस्थिरता, सिद्धान्तवादी नेतृत्वको अभाव र दलभित्र फैलिएको स्वार्थकेन्द्रित प्रवृत्तिले देश समस्यातर्फ धकेलिएको छ। उनले पार्टीभित्र पदलालसाका कारण सिद्धान्तदेखि विचलन भइरहेका आरोप लगाउँदै आफूलाई यसैबीच बदनाम गर्ने प्रयाससमेत भएको उल्लेख गरे।

उनले भने, “देशका लागि जरुरी पर्‍यो भने म अघि सर्छु। व्यक्तिगत रूपमा राजावादी नभए पनि राष्ट्रको हितलाई प्राथमिकता दिन तयार छु।”

भण्डारीले हिन्दु राज्य र राजसंस्थाको पक्षमा उभिने समूहहरूलाई सञ्चारमाध्यमले पर्याप्त स्थान नदिएको दाबी पनि गरे।

उक्त कार्यक्रममा उनले उठाएका टिप्पणीहरू हालैको राजनीतिक बहसमा नयाँ उर्जा थपिएको भन्दै विभिन्न राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रतिक्रिया