आज राति नेपालबाट पूर्ण चन्द्रग्रहण: ३ घण्टा ३० मिनेट लामो खग्रास

ecopolinews.com

काठमाडौँ – आज (भाद्र शुक्ल पूर्णिमा, आइतबार) राति पूर्ण चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श भई १:४१ बजे मोक्ष हुनेछ।

समितिका अनुसार चन्द्रग्रहणको संमीलन ११:१५ बजे, मध्य ११:५६ बजे र उन्मीलन १२:३८ बजे हुनेछ। यस क्रममा करिब १ घण्टा २३ मिनेट खग्रास रहनेछ भने सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३० मिनेट रहनेछ।

यो खग्रास चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। खगोलशास्त्र अनुसार सूर्यग्रहण औंसी तिथिमा र चन्द्रग्रहण पूर्णिमा तिथिमा लाग्ने गर्छ।

प्रतिक्रिया