काठमाडौँ - आज बिहान करिब ५:५० बजे कालीमाटी पेट्रोल पम्पबाट टंकेश्वर जाने सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्ध महिला घाइते भएकी छन्।
बा १३ प २९३४ नम्बरको मोटरसाइकलले ७० वर्षीया सुशीला देउलालाई ठक्कर दिँदा उनी सामान्य रूपमा घाइते भएकी हुन्। दुर्घटनापछि घटनास्थलमा खटिनुभएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) मुन्ना कुमार ठाकुरले तत्काल उद्धार कार्य गरी घाइते महिलाको अवस्थाबारे आवश्यक समन्वय गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्र.स.नि. ठाकुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीको तत्परताका कारण दुर्घटनापछि थप अप्रिय घटना हुन नपाएको स्थानीयले बताएका छन्। बिहानको व्यस्त समयमा भएको उक्त दुर्घटनाले सडक सुरक्षाप्रति सबैलाई थप सचेत हुनुपर्ने सन्देश दिएको छ।
२६ फाल्गुण २०८२, मङ्गलबार ०९:५८ मा प्रकाशित