नेपाली राजनीतिमा भूकम्प: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, गुन्डुबाट प्रहरी परिसर लगियो

ecopolinews.com

नेपाली राजनीतिको इतिहासमा आज एउटा अभूतपूर्व र ऐतिहासिक मोड आएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय लगत्तै, प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ।

अध्यक्ष ओलीलाई भक्तपुरको गुन्डुस्थित निजी निवासबाट सुरक्षा नियन्त्रणमा लिई सिधै जिल्ला प्रहरी परिसर, काठमाडौँ पुर्‍याइएको छ।

"यो प्रतिशोध होइन, न्याय हो": गृहमन्त्री सुदन गुरुङ

पक्राउ लगत्तै गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भनेका छन्:

"हाम्रो बाचा नै थियो— कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।"

घटनाक्रमको 'इनसाइड' अपडेट:

मध्यरातको अपरेशन: आज साँझदेखि नै आईजीपी निवासमा गृहमन्त्री र दुवै प्रहरी प्रमुखहरूबीच भएको 'म्याराथन' छलफलले यो गिरफ्तारीको अन्तिम खाका तयार पारेको थियो।

बर्दीसहितको तैनाथी: सशस्त्र प्रहरीलाई 'बर्दी' मा तयारी रहन दिइएको निर्देशन र उपत्यकाका मुख्य चोकहरूमा बढाइएको सुरक्षा तैनाथी यही 'हाइ-प्रोफाइल' एक्सनका लागि भएको पुष्टि भएको छ।

आरोपको प्रकृति: कार्की आयोगले जेन्जी (Gen-Z) आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोगमा उनीहरूलाई फौजदारी कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

देशभरको स्थिति: 'हाइ-अलर्ट'

ओली पक्राउको खबर डढेलोझैँ फैलिएपछि एमालेका भ्रातृ सङ्गठनहरूले देशभर प्रदर्शनको तयारी थालेका छन्। काठमाडौँका संवेदनशील क्षेत्रहरूमा दंगा नियन्त्रण प्रहरी (Riot Police) को बाक्लो उपस्थिति छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको यो सरकारले 'पुरानो संयन्त्र' र 'शक्तिशाली' नेताहरूमाथि हात हालेर सुशासनको एउटा कठोर र नयाँ मानक स्थापित गर्न खोजेको देखिन्छ।

प्रतिक्रिया