रसुवा, असोज १८ – रसुवाको लाङटाङ ट्रेकिङ मार्गमा शनिबार अपरान्ह भएको एक भीषण घटनामा चार युवा बेपत्ता भएका छन्। गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बेरिङ खोलाबाट एक्कासि आएको बाढीले उनीहरूलाई बगाएर लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घटनास्थल लाङटाङ जाने प्रमुख बाटो भनिएको छ। १६ जनाको समूहले ट्रेकिङ गर्दै गरेका बेला बेरिङ खोलाबाट आएको बाढीले चार जनालाई आक्रमण गरेको हो। बेपत्ता भएकामध्ये मध्यपुर थिमि नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का रवि श्रेष्ठ रहेका छन्।
रसुवाका डिएसपी हेम शाहीले बेपत्ता भएका युवाको खोजी तथा बचाव कार्य सुरुवात भएको र बाँकी १२ जना ट्रेकर सकुशल रहेको जानकारी दिएका छन्। उनले यो घटनामा प्रकृतिको अचानक आएको प्रकोपलाई जिम्मेवार ठहर्याएका छन्।
१८ असोज २०८२, शनिवार ०९:०१ मा प्रकाशित