ट्रम्पको कडा चेतावनीपछि इरानमा जनसागर: रणनीतिक संरचना जोगाउन मानव साङ्लो

ecopolinews.com

Iran मा तनाव नयाँ उचाइमा पुगेको छ। Donald Trump ले इरानविरुद्ध कडा चेतावनी सार्वजनिक गरेपछि देशका विभिन्न सहरमा हजारौँ होइन, लाखौँ नागरिक सडकमा उत्रिएका छन्।

अमेरिकी अभिव्यक्तिपछि इरानका विभिन्न रणनीतिक तथा अत्यावश्यक भौतिक संरचनाको सुरक्षाका लागि नागरिकहरूले मानव साङ्लो बनाएर उपस्थिति जनाएका छन्। ऊर्जा केन्द्र, सार्वजनिक पूर्वाधार र संवेदनशील क्षेत्र वरिपरि देखिएको यस्तो जनप्रदर्शनलाई इरानभित्र राष्ट्रिय प्रतिरोधको संकेतका रूपमा हेरिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत राति ८ बजेपछि इरानविरुद्ध कडा कारबाहीको संकेत गर्दै कडा सन्देश दिएका थिए। उनले इरानको भविष्यसँग जोडिएको गम्भीर अभिव्यक्ति सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय ध्यान फेरि मध्यपूर्वतर्फ केन्द्रित भएको छ।

यसबीच Abbas Araghchi ले देशवासीलाई राष्ट्रिय संरचना जोगाउन प्रत्यक्ष उपस्थित हुन आह्वान गरेका थिए। उनले सर्वसाधारण, कलाकार, खेलाडी, बुद्धिजीवी र युवालाई सडकमा निस्कन आग्रह गरेपछि विभिन्न क्षेत्रमा ठूलो जनसहभागिता देखिएको हो।

इरानी नागरिकहरूले राष्ट्रिय सम्पत्तिमाथि सम्भावित जोखिमविरुद्ध प्रत्यक्ष उपस्थित भएर ऐक्यबद्धता प्रदर्शन गरेका छन्। कतिपय स्थानमा रातभर नाराबाजी, राष्ट्रिय झण्डा प्रदर्शन र सुरक्षात्मक घेराबन्दीसमेत गरिएको देखिएको छ।

अहिले क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ, र विश्व समुदायको ध्यान अब आगामी केही घण्टामा हुने सम्भावित घटनाक्रमतर्फ केन्द्रित भएको छ 

प्रतिक्रिया