इरानमा महायुद्धको काउन्टडाउन: इसराइलद्वारा 'रेल' प्रयोग नगर्न इरानी जनतालाई अन्तिम चेतावनी

ecopolinews.com

विश्व राजनीतिमा युद्धको बादल मडारिइरहँदा इसराइलले इरानी नागरिकहरूलाई रेल सेवा प्रयोग नगर्न र रेलवे स्टेसनबाट टाढै रहन 'डेन्जर अलर्ट' जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'स्ट्रेट अफ हर्मुज' खोल्न दिएको समयसीमा (नेपाली समय बुधबार बिहान ५:४५) नजिकिँदै गर्दा इसराइली सेनाले फारसी भाषामा सन्देश जारी गर्दै रेल यात्रा ज्यानका लागि घातक हुने चेतावनी दिएको हो। यसले इरानका भौतिक पूर्वाधार, रेल नेटवर्क र स्टेसनहरूमाथि भीषण बमबारी हुने स्पष्ट संकेत दिएको छ।

ट्रम्पले ह्वाइट हाउसबाट हुंकार गर्दै भनेका छन्- "पुरै इरानलाई एकै रातमा सखाप पार्न सकिन्छ, त्यो रात भोलि नै हुन सक्छ।" अमेरिकासँग इरानका प्रत्येक पुल, पावर प्लान्ट र ऊर्जा संरचना केही घण्टाभित्रै ध्वस्त पार्ने 'विनाशकारी योजना' तयार रहेको दाबी गरिएको छ। पाकिस्तान, इजिप्ट र टर्कीले ४५ दिने युद्धविरामका लागि अन्तिम प्रयास गरिरहेका भए पनि इरान आफ्नो अडानमा टसमस नहुँदा विश्वले आजै राति एउटा भयानक सैन्य टक्कर देख्नुपर्ने खतरा बढेको छ। फोटो स्रोत: सेतोपाटी

प्रतिक्रिया