सर्लाहीको बलरा–४ मा मतदान स्थगित, विवाद मिलाउन प्रशासन सक्रिय

ecopolinews.com

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा उत्पन्न विवादका कारण मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको छ ।

बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा केहीबेरदेखि मतदान स्थगित भएको हो । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह पनि उक्त केन्द्रमा पुगेका थिए । विपक्षी पक्षले सिंह मतदान केन्द्रमा पुगेपछि विवाद चर्किएको आरोप लगाएका छन् ।

स्थिति सामान्य बनाउन प्रशासनले छलफल र समन्वयको प्रक्रिया अघि बढाएको जनाएको छ । यसअघि पनि बलरा नगरपालिका–१ मा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो, तर पछि स्थिति नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया