वैदेशिक रोजगारीमा जाने श्रमिकहरूमाथि वर्षौँदेखि कायम रहेको स्वास्थ्य परीक्षणको 'सिन्डिकेट' लाई सरकारले पूर्ण रूपमा ध्वस्त पार्ने साहसिक निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अबदेखि श्रमिकहरूले नेपाल सरकारबाट स्वीकृत प्राप्त वा सरकारी स्वामित्वका जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरेको हो। सीमित संस्थाको एकाधिकार तोड्न मन्त्रालयले नयाँ स्वास्थ्य संस्थाहरूलाई सूचीकृत गर्ने प्रक्रिया समेत तीव्र पारेको छ। यो कदमले वैदेशिक रोजगारीको प्रक्रियालाई थप सहज, सुलभ र प्रतिस्पर्धात्मक बनाउँदै श्रमिकहरूलाई आर्थिक शोषणबाट जोगाउने विश्वास गरिएको छ।
१७ चैत २०८२, मङ्गलबार ०३:३७ मा प्रकाशित