गायक बाबुल गिरी पक्राउ: आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले लिए नियन्त्रणमा

ecopolinews.com

काठमाडौं — गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार नितु नामकी महिलाको मृत्यु प्रकरणमा गिरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

गत शनिबार दिउँसो गायक गिरीको स्टुडियोमा नितुले आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

नितुको परिवारले उक्त घटनामा बाबुल गिरीको संलग्नता रहेको आरोप लगाउँदै जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनाले नेपाली संगीत क्षेत्रमा आश्चर्य र शोकको लहर फैलिएको छ। प्रहरीका अनुसार घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

प्रतिक्रिया