काठमाडौँ । भारतको तमिलनाडुस्थित नामक्कलमा अभिनेता तथा तमिलागा भेट्टी कझगम (TVK) का प्रमुख विजयको र्यालीमा भागदौड मच्चिँदा कम्तीमा ३९ जनाले ज्यान गुमाएका छन् भने ९५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमध्ये बालबालिकासमेत परेका छन्।
ठूलो संख्यामा मानिसहरूको सहभागिता रहेको विजयको र्यालीमा भीड अचानक नियन्त्रण बाहिर गएपछि भागदौड सुरु भएको हो। त्यही क्रममा धेरै मानिस दबिएर बेहोस हुन पुगे। परिस्थिती भयावह बन्दै गएपछि विजयले आफ्ना भनाइ बीचमै रोक्दै तत्काल र्याली स्थल त्यागेका थिए।
घटनापछि विजयले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्दै गहिरो पीडा व्यक्त गरेका छन्। उनले भने, “यो घटनाले मेरो मुटु टुक्रिएको छ। असहनीय दुःख र पीडामा छु। मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु। अस्पतालमा उपचाररत घाइतेहरू चाँडै स्वस्थ हुने प्रार्थना गर्दछु।”
नामक्कलको यस भीषण दुर्घटनाले तमिलनाडु शोकमग्न बनेको छ।